निजी स्कुल ‘ब्रोइलर फ्याक्टरी’ https://gorkhapatraonline.com/opinion/2020-02-15-8713 गोरखापत्र अनलाइन फाल्गुन ३, २०७६ शनिबार शेयर गर्नुहोस: अभिषेक घिमिरे निजी स्कुल सङ्गठनका एक उच्च नेता तथा प्रिन्सिपलले एक दिन अनौपचारिक कुराकानीका सन्दर्भमा भन्नुभयो, ‘हामी निजी स्कुल त बाघको छाला ओढेका स्याल पो हौँ त !’ ‘कसरी ?’ मेरो उत्सुकता जाग्यो । ‘हामीले अभिभावकमा जे भ्रम छरेका छौँ, त्यो हामीले दिन सकेका छैनौँ,’ उहाँले थप्नुभयो । ‘जस्तै... ’ बुझ पचाउँदै सबै उहाँकै मुखबाट सुन्न खोजेँ । ‘हामी ठ्याक्कै ब्रोइलर कुखुराको फ्याक्ट्री’ उहाँ खुल्दै जानुभयो ‘घ्वाप्प सुई हान्यो, तीन महिनामै भक्क फुलेको ब्रोइलर ! सबै कृत्रिम, सबै अप्राकृतिक,’ उहाँ मुडमा हुनुहुन्छ । मसँग भेट हुँदा प्राय सबैसँग आजकाल शिक्षाकै सवालमा कुरा हुन्छ । प्रायः निजी स्कुलका सञ्चालकसँग राज्यको विभेदकारी भूमिका, निजी स्कुललाई निरुत्साहित गर्ने राज्यको नीति र अन्य शिक्षाका सरोकारवाला र चिन्तकसँग सार्वजनिक स्कुलको खस्कँदो स्थितिको कुराकानी हुन...
Comments
Post a Comment