| २०७६।१२।०३ | निम्नमाध्यमिक तह गणित विषयको अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन |
शिक्षामा नयाँ आयाम शिक्षा | प्रकृति अधिकारी फाल्गुन ३, २०७६ शनिबार शेयर गर्नुहोस: 57 Shares प्रकृति अधिकारी दुईवर्षे समय वेगका साथ बित्यो । मुलुकले अङ्गीकार गरेको नयाँ राजनीतिक संरचना कार्यान्वयनका सन्दर्भमा यो निकै छोटो समय हो । जनआकाङ्क्षा उच्च र अनगन्ती छन् । समस्याका छिद्र थुप्रै छन् । असन्तुष्टिका छिद्र पनि छन् । यिनै छिद्रलाई टाल्दै समृद्धिको यात्रामा अगाडि बढेका छौँ । समृद्धिको यात्रा तय गर्न ठूलाठूला छलाङ् मारिरहेका छौँ । त्यो छलाङ् आर्थिक क्षेत्रको हो । विकासको हो । शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि आदि क्षेत्रको हो । राज्यले सबैभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गर्दै आएकाले समृद्धिको यात्रामा शिक्षालाई थाती राख्न सकिँदैन, मिल्दैन । समृद्धि हासिल गर्नका लागि सहयात्री बनेको छ शिक्षा । बितेका दुई वर्षमा शिक्षा क्षेत्रले निकै उतार चढाव भोग्नुप¥यो । कतिपय मोडमा शिक्षा क्षेत्र बन्धक बन्नुप¥यो । कतिपय बेला यसको रफ्तार निकै गतिशील बन्न पुग्यो । रेलरूपी शिक्षा अनेक अवरोध प...
Comments
Post a Comment