Posts

२०७६।१२।०३ निम्नमाध्यमिक तह गणित विषयको अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन http://www.tsc.gov.np/doc/1584357345Math%20Final%20all.pdf

२०७६।११।३० माध्यमिक तह विज्ञान विषयको विषयगत पाठ्यक्रम

Image
माध्यमिक तह सामाजिक विषयको विषयगत पाठ्यक्रम http://www.tsc.gov.np/doc/1583318853Social%20studies.pdf

शिक्षक सेवा आयोगद्वारा ७ वटा प्रािधिक विषयको अध्यापन अनुमति पत्रको नतिजा प्रकाशित

Image
Image
शिक्षा मन्त्रालयले दुई वर्षमा गरेका काम फाल्गुण ४, २०७६    इडियु-पत्र संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकार गठन भएपछिका आफ्ना उपलब्धि सार्वजनिक गरेकाे छ । मन्त्रालयले छ पृष्ठ लामाे उपलब्धि सार्वजनिक गरेकाे हाे । मन्त्रालयले जारी गरेकाे कामकाे विवरण जस्ताकाे त्यस्तै प्रस्तुत गरिएकाे छ ः शिक्षा ,  विज्ञान तथा प्रविधि मन्त्रालय वर्तमान सरकार गठन पश्चात् हालसम्मको प्रगति र उपलब्धिका मुख्य   मुख्य बुँदाहरु वि.स.२०७४ फाल्गुण ३ मा वर्तमान सरकार गठन भए पश्चात् शिक्षा, विज्ञान तथा प्रविधिका क्षेत्रमा नियमित भइरहेका कार्यक्रमका अतिरिक्त विभिन्न योजना र कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रमहरु र स्वीकृत कार्ययोजनाका आधारमा हालसम्म हासिल भएका मुख्य मुख्य उपलब्धिहरुलाई तपसिलमा उल्लेख गरिएको छ । शिक्षा तर्फः            ( क ) कानुनी    तथा नीतिगत  सुधार ः चिकित्सा शिक्षा सुधारको लागि राष्ट्रिय चिकित्सा ऐन, २०७५ कार्यान्वयनमा आएको छ।चिकित्सा शिक्षा आयोग गठन भई आयोगले कार्य गरिरहेको छ।
Image
शिक्षामा नयाँ आयाम शिक्षा | प्रकृति अधिकारी       फाल्गुन ३, २०७६ शनिबार      शेयर गर्नुहोस:   57 Shares     प्रकृति अधिकारी दुईवर्षे समय वेगका साथ बित्यो । मुलुकले अङ्गीकार गरेको नयाँ राजनीतिक संरचना कार्यान्वयनका सन्दर्भमा यो निकै छोटो समय हो । जनआकाङ्क्षा उच्च र अनगन्ती छन् । समस्याका छिद्र थुप्रै छन् । असन्तुष्टिका छिद्र पनि छन् । यिनै छिद्रलाई टाल्दै समृद्धिको यात्रामा अगाडि बढेका छौँ । समृद्धिको यात्रा तय गर्न ठूलाठूला छलाङ् मारिरहेका छौँ । त्यो छलाङ् आर्थिक क्षेत्रको हो । विकासको हो । शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि आदि क्षेत्रको हो । राज्यले सबैभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गर्दै आएकाले समृद्धिको यात्रामा शिक्षालाई थाती राख्न सकिँदैन, मिल्दैन । समृद्धि हासिल गर्नका लागि सहयात्री बनेको छ शिक्षा । बितेका दुई वर्षमा शिक्षा क्षेत्रले निकै उतार चढाव भोग्नुप¥यो । कतिपय मोडमा शिक्षा क्षेत्र बन्धक बन्नुप¥यो । कतिपय बेला यसको रफ्तार निकै गतिशील बन्न पुग्यो । रेलरूपी शिक्षा अनेक अवरोध पार गर्दै नीतिगत स्पष्टताको ‘लिक’मा आइपुगेको छ । र
Image
निजी स्कुल ‘ब्रोइलर फ्याक्टरी’ https://gorkhapatraonline.com/opinion/2020-02-15-8713 गोरखापत्र अनलाइन       फाल्गुन ३, २०७६ शनिबार     शेयर गर्नुहोस:       अभिषेक घिमिरे निजी स्कुल सङ्गठनका एक उच्च नेता तथा प्रिन्सिपलले एक दिन अनौपचारिक कुराकानीका सन्दर्भमा भन्नुभयो, ‘हामी निजी स्कुल त बाघको छाला ओढेका स्याल पो हौँ त !’ ‘कसरी ?’ मेरो उत्सुकता जाग्यो । ‘हामीले अभिभावकमा जे भ्रम छरेका छौँ, त्यो हामीले दिन सकेका छैनौँ,’ उहाँले थप्नुभयो । ‘जस्तै... ’ बुझ पचाउँदै सबै उहाँकै मुखबाट सुन्न खोजेँ । ‘हामी ठ्याक्कै ब्रोइलर कुखुराको फ्याक्ट्री’ उहाँ खुल्दै जानुभयो ‘घ्वाप्प सुई हान्यो, तीन महिनामै भक्क फुलेको ब्रोइलर ! सबै कृत्रिम, सबै अप्राकृतिक,’ उहाँ मुडमा हुनुहुन्छ । मसँग भेट हुँदा प्राय सबैसँग आजकाल शिक्षाकै सवालमा कुरा हुन्छ । प्रायः निजी स्कुलका सञ्चालकसँग राज्यको विभेदकारी भूमिका, निजी स्कुललाई निरुत्साहित गर्ने राज्यको नीति र अन्य शिक्षाका सरोकारवाला र चिन्तकसँग सार्वजनिक स्कुलको खस्कँदो स्थितिको कुराकानी हुन्छ । प्रायः सबैले शैक्षिक विकृति तथा मुद्दाक